गाउँमै बन्याे सुविधासम्पन्न स्वास्थ्यचौकी
नुवाकोट : दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारस्थित समुद्रटार स्वास्थ्यचौकीले सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ।
दुई करोडको लागतमा बनेको सुविधासम्पन्न भवनको उद्घाटन दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले गरेका हुन्।
तामाङले स्वास्थ्यचौकीलाई थप व्यवस्थित बनाउन र आवश्यक थप संरचना निर्माणका लागि ३० लाख रुपैयाँ गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च गर्न लागेको जानकारी दिए।
स्वास्थ्यचौकीको भवन निर्माणका लागि स्थानीयवासी होमबहादुर डंगोल र मेनुका डंगोलले तीन रोपनी, मधुसूदन आचार्य र राधादेवी आचार्यले दुई रोपनी जग्गा दान गरेका हुन्।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान