चिकित्सा शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता
काठमाडौं : सरकार र चिकित्सक गोविन्द केसीबीच भएका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमाथि संशोधन दर्ता भएको छ।
नेकपाका तीन सांसद र कांग्रेसका एक सांसदले विधेयकमाथि मंगलबार संसद सचिवालय सिंहदरबारमा संशोधन दर्ता गरेका हुन्।
गत बिहीबार राति सरकारी पक्ष र डा.केसीबीच भएको सहमतिअनुसार विधेयक संशोधनका लागि नेकपाका सांसद शान्ता चौधरी, देव गुरूङ, कृष्णभक्त पोखरेलले मंगलबार संसद सचिवालय सिंहदरबारमा पेश गरे।
त्यस्तै विधेयकमा संशोधनका लागि कांग्रेसका सांसद गगन थापाले पनि संशोधन दर्ता गरेको संसद सचिवालयले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण