मेट्रो काठमाडौं अस्पतालद्वारा रक्तदान कार्यक्रम आयोजना
काठमाडौं : काठमाडौंको महाराजगंजस्थित मेट्रो काठमाडौं अस्पतालले रक्तदान कार्यक्रम गरेको छ।
राजधानीमा देखिएको रगत अभावलाई केही हदसम्म भए पनि कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत टोपेन्द्रप्रकाश ओलीले बताए ।
वर्षातको समयमा रगत अभाव हुने भएकाले रक्तसञ्चार केन्द्रले सबैलाई रक्तदान गर्न आह्वान गर्दै आएको छ। रक्तदान कार्यक्रममा अस्पतालका कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी लगायत ६० जनाले रक्तदान गरेका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?