ह्याम्स अस्पतालमा ढाड दुख्ने बिरामीका लागि निःशुल्क परामर्श सेवा
काठमाडौं : धूमबाराहीस्थित ह्याम्स अस्पतालले ढाड दुख्ने समस्या भएका बिरामीका लागि निःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको छ।
ढाडका समस्या भएकाहरूका लागि विशेषज्ञ चिकित्सकको परामर्श निःशुल्क रूपमा लिन सक्नेछन् भने रगत जाँच तथा फिजियोथेरापी लगायत सेवामा विशेष छुट दिइने अस्पतालका चिकित्सक डा. प्रशान्त अधिकारीले बताए।
हालसम्म करिब दुईसय जनाले सेवा लिइसकेको अस्पताले जनाएको छ। याे सेवा साउन महिनाभर सञ्चालन हुने अधिकारीले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?