खाद्यपदार्थको गुणस्तर अब केही सेकेन्डमै पत्ता लाग्ने
काठमाडौं : खाद्यपदार्थ, पानी, दूधलगायतको गुणस्तर केही सेकेन्डमै पत्ता लगाउने प्रविधि नेपालमा पनि भित्र्याइएको छ। बेलायतस्थित हाइजिना अन्तर्राष्ट्रिय कम्पनीले बनाएको ‘हाइजिना’ नामक प्रविधि काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले सार्वजनिक गरिन्।
मन्त्री अर्यालले यन्त्र भित्रिएसँगै नेपालमा खाद्यपदार्थको गुणस्तर कायम गर्न सहज हुने बताइन्। कम्पनीका युरोप, मध्यपूर्व र एसिया क्षेत्रका क्षेत्रीय व्यवस्थापक ह्युगाे गोन्जालेजले यो प्रविधिले खानेपानी, दूधलगायतका पेय पदार्थको शुद्धता थाहा पाउन सकिने बताए। उनले याे प्रविधि होटल, रेष्टुरेण्ट, अस्पताल, औषधि पसलजस्ता क्षेत्रमा प्रयोग गर्न सकिने जानकारी दिए।
प्रविधि नेपाल भित्र्याएको खिलुङ कालिका ग्रुपका प्रमुख खुमाप्रसाद अर्यालले यो मेसिनले गुणस्तरका लागि हुनुपर्ने शुद्धता छ कि छैन भनेर पत्ता लगाई सुधार गर्न सहयोग पुग्ने बताए।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य