प्रदेश १ मा सबै सरकारी अस्पतालकाे स्तराेन्रति गरिने
विराटनगर : प्रदेश १ को सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रूपमा विकास गर्ने योजनानुसार काम शुरु गरेको छ। मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका अस्पतालको स्तरोन्नति गर्न र गामीण क्षेत्रमा चिकित्सकको सेवा उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ।
मन्त्रालयले ग्रामीण क्षेत्रका जनताको सेवालाई निरन्तरताका लागि दीर्घकालीन कार्यक्रमअन्तर्गत ग्रामीण क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई विशेष सहुलियत दिएर एमबीबीएस अध्ययन गराउन सहयोग गर्ने योजना तथा कार्यक्रम बनाएको छ।
एमबीबीएस अध्ययन सकेपछि कम्तीमा पाँच वर्ष ग्रामीण क्षेत्रमा बसेर काम गर्न करार गराइने छ। पूर्व क्षेत्रको विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउन शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजनानुसार प्रारम्भिक काम अस्पताल सुदृढीकरणबाट थालिएको छ।
सोअनुसार मुटुरोग सेवा, प्रयोगशाला, नाक, कान, घाँटी उपचार सेवा, अर्बुदरोग उपचार सेवा जस्ता पुनःसञ्चालन गरिनुका साथै नशा उपचारका लागि बहिरंग सेवा प्रारम्भ गरिएको छ। मन्त्रालयले शिक्षण अस्पताल सञ्चालनका क्रममा यसै वर्ष एमडी र अर्को वर्षदेखि एमबीबीएसका कक्षा थालनी गर्ने मन्त्रालयका कर्मचारी गोपीप्रसाद घिमिरेले बताए।
स्वास्थ्य क्षेत्रमा देखिएका जटिलताको समस्या पहिचान तथा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले मन्त्रालयले विसं २०७५ वैशाख १ गतेदेखि स्वास्थ्य प्रवर्धन वर्ष–२०७५ मनाउने कार्य थालनीसँगै प्रदेशभरी योग शिविर, सरसफाइ अभियान, ट्राफिक सचेतना कार्यक्रम गरेको छ।
योग र प्राकृतिक चिकित्साको माध्यमबाट प्रतिरोधात्मक रोग नियन्त्रण र स्वास्थ्य प्रवर्धनमा पनि मन्त्रालयले ध्यान दिनेछ। जिल्ला अस्पतालको सेवालाई एकीकृत गरी आयुर्वेद, होमियोप्याथी र प्राकृतिक चिकित्सा प्रणालीसमेत सञ्चालन हुने प्रबन्ध मिलाइने योजना मन्त्रालयको छ।
गाउँघर र विकट पहाडी क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउनका लागि प्रदेश मन्त्रालयले पाँचथरको रवी, संखुवासभाको धर्मदेवी मुढेशनिश्चरे, खोटाङको रावाबेंसी र ओखलढुंगामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरी करिब ५० हजार जनालाई सेवा प्रदान गरेको मन्त्रालयका कर्मचारी घिमिरेले जानकारी दिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य