रक्तदान कम गर्छन् महिला
काठमाडाैं : सबै क्षेत्रमा महिलाहरूको सक्रियता र सहभागिता बढ्दै गए पनि महिला रक्तदाताको संख्या भने निकै कम देखिएको छ। केन्द्रीय रक्तसञ्चार सेवाले गत आर्थिक वर्षमा ६२ हजार ३५३ युनिट रगत सङ्कलन गरेकोमा १० हजार युनिट मात्रै महिलाबाट संकलन गरेको छ। ५२ हजार २८५ युनिट पुरुषबाट संकलन गरिएको छ।
यो वर्ष गरिएको रगत समूहको विश्लेषण अनुसार, नेपालमा ३.१० प्रतिशत मानिसको रक्तसमूह ए, बी, ओ र एबी नेगेटिभ छ। तर उपत्यकामा भने नेगेटिभ रक्तसमूह हुने २.९ प्रतिशत छन्। सबैभन्दा दुर्लभ एबी नेगेटिभ समूह ०.४२ प्रतिशत मात्रै छ। याे वर्षका रक्तदातामध्ये एचआर्इभी पोजेटिभ हुने ६६ जना देखिएका छन् भने हेपेटाइटिस बी भएका ४६६ र सी देखिएका दाताको संख्या ३५१ छ।
नेपालमा रक्त रक्तसञ्चार सेवा सुरु भएको ५२ औँ वर्ष पूरा गरेको अवसरमा काठमाडाैंमा शनिवार आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले अहिले नेपालको ७३ जिल्लाका १०८ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइको स्थापना भएको जानकारी दिए।
उनले लागतको आधारमा रगत उपभोक्ताले शुल्क तिर्नुपरेको वर्तमान अवस्थामा सोसाइटीले आफ्नो कोषबाट रक्तसञ्चार सेवाका लागि वार्षिक डेढ करोड अतिरिक्त खर्च व्यहोर्नुपरेको बताए। नेपाल सरकार स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालाका प्रमुख हरिश्चन्द्र उप्रेतीले रक्तसञ्चार सेवालाई थप व्यवस्थित बनाउन सरकारको तर्फबाट पूरा सहयोग हुने जानकारी दिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य