नेपाल चिकित्सक संघले शुक्रबारदेखि सेवा ठप्प पार्ने
काठमाडाैंः नेपाल चिकित्सक संघले शुक्रबारदेखि अाकस्मिकबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएको छ । चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसीको समर्थनमा र्याली निकालेका चिकित्सक तथा विद्यार्थी पक्राउ परेपछि संघले आपत्ति जनाउँदै यस्ताे निर्णय गरेको हो ।
संघले भोलिदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने जनाएकाे छ । संघका सदस्य डा प्रकाश बुढाथाेकीले भने, ‘ एकातिर डा केसीकाे स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाे छ अर्कोतिर बिरामीले दुख पाउन थालेका छन । यही समाधानकालागि दबाब स्वरूप सेवा बन्द गर्ने निर्णय लिएका हाैं ।’ साथै संघले पक्राउ गरिएका चिकित्सक तथा विद्यार्थीकाे तुरून्त रिहाईको माग गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै संघले डा केसीको जीवन अत्यन्त कठिन मोडमा पुगिसकेको र जुनसुकै बेला अप्रिय घटना हुनसक्ने भन्दै सरकार पक्षलाई गम्भीर हुन आग्रह गरेको छ । डा केसीको जीवन रक्षार्थ नेपाल चिकित्सक संघ बाध्य भई आकस्मिक बाहेककासम्पूर्ण सेवा केसीको अनशन नतोडिन्जेल सम्म बन्द गर्न बाध्य भएकाे विज्ञप्तिमा उल्लेख छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य