सूर्तीजन्य पदार्थको सेवनकै कारण गुमाउँछन २५ हजारले ज्यान
काठमाडौंः सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन पूर्ण कार्यान्वयन भएमा सूर्तीजन्य पदार्थको कारणले हुने क्षति स्वत कम हुँदै जाने विज्ञहरुले बताएका छन् ।
राजधानीमा क्यान्सर काउन्सिल नेपालले आयोजना गरेको एक कार्यक्रममा उनीहरुले नेपालमा वर्षेनी २५ हजार मानिसले यसको सेवनबाट ज्यान गुमाइरहेको प्रसंग जोड्दै ऐन पूर्ण रुपमा कार्यान्वयन भएमा यो संख्या कम हुने बताएका हुन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पोैडेलले सूर्तीजन्य पदार्थको सेवनकै कारण पछिल्लो समय फोक्सो, मुटु, मुख तथा घाँटीको क्यान्सर बढ्दै गएको बताए । ऐन कार्यान्वयनसँगै सरकारले जनचेतामूलक कार्यक्रममा लगानी गर्नुपर्नेमा उनको जोड थियो ।
जनचेतनामूलक कार्यक्रमकै कारण फ्रान्समा एक वर्षमा दश लाख मानिसले सूर्तीजन्य पदार्थ त्यागेको भन्दै नेपालमा पनि जनचेतामूलक कार्यक्रम जरुरी रहेको उनको भनाई थियो । कार्यक्रममा क्यान्सर काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले सरकारले सूर्तीजन्य पदार्थको उत्पादनमै रोक लगाउनुपर्ने बताए ।
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै
ह्याम्स अस्पतालले बाढी प्रभावितलाई नि:शुल्क आपतकालीन सेवा दिने