त्रिवि शिक्षण अस्पतालकाे निमित्त निर्देशकमा वन्त
काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की सहायक डीन प्रा.डा.मन्दिरा वन्तलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा.दीपक महराले गत बिहीबार राजीनामा दिएपछि डीन कार्यालयले सहायक डीन वन्तलाई अस्पतालको जिम्मेवारी दिएको हो।
कार्यकारी निर्देशक नहुँदा अस्पतालको दैनिक कामकारबाही नै रोकिने भएकाले तत्कालका लागि वन्तलाई जिम्मेवारी दिइएको डीन प्रा.जगदीशप्रसाद अग्रवालले बताए। ‘सर्च कमिटी’ बनिसकेकाले चाँडै कार्यकारी निर्देशक चयन गर्ने पनि अग्रवालले जानकारी दिए।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?