Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बीपी क्यान्सर अस्पतालमा ब्राकी थेरापी उपकरण जडान

बीपी क्यान्सर अस्पतालमा ब्राकी थेरापी उपकरण जडान

चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शरीरको भित्री अंग सेक्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ। याे साता ल्याइएको उपकरण बुधबार जडान गरिएकाे अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यले जानकारी दिए।

बिहीबारबाट परीक्षण थालिने र केही दिनमा नै बिरामीलाई सेवा दिन शुरु गरिने बताइएकाे छ।  झण्डै दुई करोड ५० लाख रूपैयाँको लागतमा खरीद गरिएको उक्त उपकरण नयाँ र उच्च प्रविधिको रहेको आचार्यले बताए। बिरामीको चाप उच्च रहेकाले एउटा उपकरणले नधान्ने भए पनि केहीलाई सेवा दिन सकिने उनकाे भनाइ छ।

बढी संख्यामा महिलाको पाठेघरको क्यान्सर भएकालाई सेक्न याे उपकरण प्रयोग हुनेछ। अस्पताल स्थापना हुँदा २०५७ सालमा जडान गरिएको ब्राकी थेरापी उपकरण बिग्रिएपछि अर्को उपकरण खरिद गरिएको थिएन।उपकरण अभावमा क्यान्सरका बिरामी काठमाडौं र विदेश जान बाध्य थिए।

अस्पतालमा वार्षिक एक लाख ५० हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन्, जसमध्ये १० हजार हाराहारी क्यान्सरका बिरामी हुन्छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार