Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पशुपति क्षेत्रमा मुख तथा दन्त स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम

पशुपति क्षेत्रमा मुख तथा दन्त स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम

काठमाडाैं : मुख तथा दन्तस्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ह्याप्पी स्माइल्स हेल्थ फाउन्डेसनले पशुपति क्षेत्रमा मुख स्वास्थ्य र मुख क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम गरेको छ।

कार्यक्रममा मुख क्यान्सरको जोखिमका कारक तत्त्व, मुख क्यान्सरसम्बन्धी लक्षण र रोकथामका उपायबारे जानकारी दिइएको थियो। सचेतना कार्यक्रमबाट करिब ३५० जना लाभान्वित भएको फाउन्डेसनकी अधक्ष डा.मारिषा दाहालले बताइन्।

कार्यक्रममा मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक नृत्य तथा नाटक पनि प्रस्तुत गरिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार