Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा.केसी र सरकारबीचको वार्ता सकारात्मक

डा.केसी र सरकारबीचको वार्ता सकारात्मक

काठमाडौंः डा.गोविन्द केसी र सरकारी टोलीबीच भएको वार्ता भोलि बस्ने गरी सकिएको छ । वार्ता सकिए लगत्तै संयुत्त प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले उठाएका मागहरु मध्ये धेरै बुँदामा सहमति भइसकेको र बाँकी मागका विषयमा बुधवार बैठक बस्ने तय गरिएको जनाइएको छ ।
संयुत्त रुपमा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ -‘डा. केसीले उठाउनु भएका मागमा विषयमा छलफल भई धेरै मागहरुमा दुबै पक्षविच सहमति हुने क्रममा रहेको र बाँकी विषयमा साउन ९ गते  बैठक बसी सहमति जुटाउने भएकाले  सार्वजनिक जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।’
विज्ञप्तिमा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल र डा. केसीका तर्फबाट डा. अभिशेकराज सिंहले हस्ताक्षर गरेका छन । यो सँगै डा. केसीको अनशन बुधवार तोडिने सम्भावना बढेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार