डा.केसी र सरकारबीचको वार्ता सकारात्मक
काठमाडौंः डा.गोविन्द केसी र सरकारी टोलीबीच भएको वार्ता भोलि बस्ने गरी सकिएको छ । वार्ता सकिए लगत्तै संयुत्त प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले उठाएका मागहरु मध्ये धेरै बुँदामा सहमति भइसकेको र बाँकी मागका विषयमा बुधवार बैठक बस्ने तय गरिएको जनाइएको छ ।
संयुत्त रुपमा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ -‘डा. केसीले उठाउनु भएका मागमा विषयमा छलफल भई धेरै मागहरुमा दुबै पक्षविच सहमति हुने क्रममा रहेको र बाँकी विषयमा साउन ९ गते बैठक बसी सहमति जुटाउने भएकाले सार्वजनिक जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।’
विज्ञप्तिमा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल र डा. केसीका तर्फबाट डा. अभिशेकराज सिंहले हस्ताक्षर गरेका छन । यो सँगै डा. केसीको अनशन बुधवार तोडिने सम्भावना बढेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?