Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा.केसी र सरकारी टोलीबीच वार्ता जारी

डा.केसी र सरकारी टोलीबीच वार्ता जारी

काठमाडौः आमरण अनशनरत डा.गोविन्द केसी र सरकारी टोलीबीच पुनः छलफल सुरु भएको छ। शिक्षा मन्त्रालयमा भइरहेको वार्तामा डा.केसीको तर्फबाट डा.जीवन क्षेत्री, सुरेन्द्र भण्डारी,डा.अभिषेकराज सिंह, ओमप्रकाश अर्याल र डा.सुमित पाण्डे छन्।

वार्ताका लागि सरकारले यसअघि नै शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। डाक्टर केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता लिनुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग संवाद सुरु भएको हो।

यसका लागि नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पहल गरेका हुन्। उनले मंगलबार केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेका थिए। यसैगरी उनले मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग र केसीको वार्ता टोलीसँग पनि संवाद गरे। नेम्वाङको पहलपछि सरकारी र डाक्टर केसीको वार्ता टोलीबीच औपचारिक संवाद सुरु भएको हो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार