कानूनमन्त्रीले रुँदै राजिनामा दिए
बंगलादेशमा पढ्ने छात्राहरुप्रति उच्च सम्मान छ
काठमाडौंः बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुबारे दिएको अभिव्यत्तिका कारण विवादमा आएका कानूनमन्त्री शेर बहादुर तामाङले मंगलबार राजीनामा दिएका छन्।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा निकै भावुक देखिएका तामाङले आँसु झारेका थिए। आफूले राम्रो काम गर्दागर्दै पनि आफूलाई फसाएको भन्दै उनले दुख व्यक्त गरे। जनतालाई शिरमा राखेर काम गरे, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःखेसो गरेका थिए । उनले भने, ‘म महिलालाई उच्च सम्मान गर्छु र मैले सधैं महिला हक अधिकारका लागि लडें तर आज त्यही विषयले मलाई लखेट्यो ।’

राजिनामा घोषणा गरिरहँदा उनको धेरैपटक गला अवरुद्ध भएको थियो भने ‘आँसु पुछिरहेका थिए । उनले आफूले गलत ढंगबाट छात्राहरुलाई होच्याउने गरी अभिव्यक्ति नदिएको यस्ता घटना हुन सक्छन भनी प्रसंग मात्र उठाउन खोजेको भनी आफ्नो बचाउ गर्न खोजेका थिए । उनले गत साउन ४ गते प्राक्सीस इन्टरनेशनल स्कूलको कार्यक्रममा बंगलादेशमा एमबीबीएस पढ्ने छात्राहरुको अस्मिता माथि नै प्रश्न उठ्ने अभिव्यक्ति दिएका थिए । त्यस लगत्तै उनको सर्वत्र विरोध भएको थियो ।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य