Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गर्भवती महिलालाई पोषण आहार

गर्भवती महिलालाई पोषण आहार

गौशाला (महोत्तरी) : बर्दिवास नगरपालिकाले स्थानीय पाँच सयभन्दा गर्भवती महिलालाई पोषण आहार वितरण शुरु गरेको छ।

बर्दिवास नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत ५३० गर्भवती महिलालाई जनही १५ किलो चामल, पाँच किलो गेडागुडी, एक पाउ घ्यू र शुद्ध पानीका लागि एक–एक थान फिल्टर वितरण गरेको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए।

‘हरेक बार खाना चार’  नाराका साथ गर्भवती आमा र गर्भमा रहेका बच्चालाई आवश्यक पर्ने पोषिलो आहारस्वरूप कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त पोषिलो आहार वितरण गरिएको हो। नगरप्रमुख कार्कीले सोमबार बर्दिवास नगरपालिका– १, २ र १४ का ५४ गर्भवती महिलालाई पोषण सामग्री वितरण गरेर कार्यक्रम शुरू गरेका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार