Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

केसीकाे माग सम्बाेधन गर्न केही बेरमा बालुवाटारमा बैठक

केसीकाे माग सम्बाेधन गर्न केही बेरमा बालुवाटारमा बैठक

काठमाडौं : अनशनरत डा. गोविन्द केसीको माग र चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा बैठक बोलाएका छन्।

विधेयकमा संशोधन गर्न सकिने बुँदाबारे छलफल गर्न प्रधानमन्त्री अाेलीले सत्तारुढ नेकपाका नेता सुवास नेम्वाङ, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा र मेडिकल काउन्सिलका अध्यक्ष डा.धर्मकान्त बाँस्कोटालाई मध्याह्न १२ बजे बालुवाटार बोलाएका हुन्।

यसअघि मंगलबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा नेकपाका नेताहरूसँग केसीका माग र विधेयक संशोधनबारे छलफल गरेको एक नेताले जानकारी दिए। यसअघि सोमबार दिउँसो नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महान्यायाधिवक्ता अग्नि खरेल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलबीच यो मुद्दा कसरी हल गर्ने भन्रे विषयमा कुराकानी भएको थियो।

डा. केसीले माथेमा कार्यदलको सुझावकै आधारमा चिकित्सा शिक्षा कानुन बन्नुपर्ने माग गर्दै आएका छन्। शेरबहादुर देउवा नेतृत्वकाे सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेश गरिएपछि डा. केसी अनसन बसेका हुन्।

केसीकाे अनशकाे २५अाैँ दिन हाे। केसीकै समर्थनमा चिकित्सकहरू पनि अान्दाेलनमा छन्। सर्वसाधारण तथा अन्य पेशाकर्मी पनि सामूहिक सत्याग्रहमा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार