देशभरका चिकित्सक आन्दोलनमा
काठमाडौं : डा.गोविन्द केसीको मागलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले मंगलबारदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने भएका छन्।
मंगलबारदेखि नै ओपीडी टिकट समेत बहिष्कार गर्ने संघले जनाएको छ। वैकल्पिक रूपमा सेवा दिने विज्ञप्तिमा जनाइए पनि बिरामीले कसरी सेवा लिन सक्छन् भन्ने अन्याेल छ।
डा.केसीको मागप्रति सरकारको उदासिनताप्रति रुष्ट हुँदै चिकित्सकहरू काठमाडौंको वसन्तपुरमा रिले अनशन बस्ने भएका छन्। सेवा नदिन र आन्दोलनमा सरिक हुन संघले उपत्यका बाहिरका चिकित्सकलाई पनि निर्देशन दिएको छ। संघले सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो।








औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम