अाैलाेविरुद्धको नयाँ औषधि प्रमाणित
अमेरिकाका औषधी नियामक अधिकारीहरूले अाैलाेविरुद्धको नयाँ औषधि प्रमाणित गरेका छन्। ‘टाफेनोक्विन’ नामक औषधिले एकै डोजमा ‘भाइभ्याक्स’ नामक औलो रोग निर्मूल पार्ने नियामक अधिकारीले दाबी गरेका छन्।
अाैलाेविरुद्ध नयाँ औषधि प्रमाणित भएको यो ६० वर्षपछिकै पहिलो हो। भाइभ्याक्स औलोले विश्वमा बर्सेनि ८५ लाख मानिस प्रभावित हुने गरेका छन्। भाइभ्याक्स औलोका बिरामीले औषधि सेवन गरे पनि उनीहरूको कलेजोबाट परजीवीहरू पूर्ण रूपमा नहट्ने र रोग बल्झिरहने समस्या हुने गरेको छ।
अब भने यो औषधिले अाैलाे कलेजोबाटै निर्मूल पार्ने दाबी अमेरिकी अधिकारीहरूले गरेका छन्। यस्तो प्रकारको अाैलाेको संक्रमण दक्षिण अमेरिका र दक्षिण तथा पूर्वी एसियामा रहेको बताइन्छ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान