डा.केसीको अहिलेसम्मकै लामो अनशन
काठमाडौं : चिकित्सा शिक्षामा सुधारकाे माग राख्दै डा.गोविन्द केसी ६ वर्षयता १५ पटक अनशन बसिसकेका छन्। याे पटक उनी अनशन बसेकाे २४ दिन भइसकेकाे छ। याे पटककाे अनशन सबैभन्दा लामाे हाे।
यसअघि एघारौं श्रृंखलामा उनी तेइसौं दिनसम्म अनशन बसेका थिए । यसपटक भने २४ दिन पुग्दा समेत उनको अनशन टुंगिने छाँटकाँट देखिएको छैन।
सबैभन्दा बढी चर्चामा रहेको अनशन पनि केसीको यही नै रह्यो। याे पटक काठमाडौं बाहिर जुम्लामा गएर अनशन बस्दैगर्दा यता उनको मागमा कडा रूपमा प्रस्तुत हुँदै आएको सरकारले भने अझै उनको मागका बारेमा चासो त्यति चासाे देखाएको छैन। वार्ता समिति गठन गरे पनि सरकार आफ्नो अडान र केसी आफ्नो अडानमा अडिग रहेकाले स्थिति असामान्य बन्दै गएको छ।
२४ दिन पुग्दा डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त जटिल हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन्। डा.केसी असार १६ गतेबाट आमरण अनशन बसेका हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?