Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतले हटायो ‘स्यानिटरी प्याड’को कर

भारतले हटायो ‘स्यानिटरी प्याड’को कर

भारत सरकारले महिलाले महिनावारीका समयमा प्रयोग गर्ने स्यानिटरी प्याडमा लगाइएको १२ प्रतिशतको कर हटाएको छ।

भारतमा प्रत्येक पाँचमध्ये चार महिला महिनावारी स्वास्थ्य सामग्रीबाट बञ्चित रहेको तत्थ्याङ्क सार्वजनिक भएसँगै सरकारले यस्तो निर्णय गरेको हो। सरकारले विलासिताको सामग्रीअन्तर्गत राखी वस्तु तथा सेवा कर लगाइएको भन्दै चर्को विरोध भएको थियो।

महिनावारी सुरु भएपछिको उमेरका किशोरीले विद्यालय छाड्नेलगायतका समस्याले महिला स्वास्थ्य र वृद्धि विकासमा समेत असर पारेकाले कर हटाउँदा केही राहत हुने बताइएको छ।

पुराना कपडा, बोरालगायतका वस्तुको प्रयोगले स्वास्थ्यमा परेको गम्भीर असरप्रति भारतमा हस्ताक्षर अभियान नै चलाइएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार