भारतले हटायो ‘स्यानिटरी प्याड’को कर
भारत सरकारले महिलाले महिनावारीका समयमा प्रयोग गर्ने स्यानिटरी प्याडमा लगाइएको १२ प्रतिशतको कर हटाएको छ।
भारतमा प्रत्येक पाँचमध्ये चार महिला महिनावारी स्वास्थ्य सामग्रीबाट बञ्चित रहेको तत्थ्याङ्क सार्वजनिक भएसँगै सरकारले यस्तो निर्णय गरेको हो। सरकारले विलासिताको सामग्रीअन्तर्गत राखी वस्तु तथा सेवा कर लगाइएको भन्दै चर्को विरोध भएको थियो।
महिनावारी सुरु भएपछिको उमेरका किशोरीले विद्यालय छाड्नेलगायतका समस्याले महिला स्वास्थ्य र वृद्धि विकासमा समेत असर पारेकाले कर हटाउँदा केही राहत हुने बताइएको छ।
पुराना कपडा, बोरालगायतका वस्तुको प्रयोगले स्वास्थ्यमा परेको गम्भीर असरप्रति भारतमा हस्ताक्षर अभियान नै चलाइएको थियो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य