Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

केसीको समथर्नमा निस्केको तरूण दलको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

अध्यक्ष बस्नेतको टाउको फुट्यो, ३० भन्दा बढी घाइते

केसीको समथर्नमा निस्केको तरूण दलको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं : डा.गोविन्द केसीको समर्थन र सरकारको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले राजधानीमा गरेको प्रर्दशनमा दोहोरो झडप हुँदा अध्यक्ष जीतजंग बस्नेतसहित ३० भन्दा बढी घाइते भएका छन्।

शनिबार राजधानीको माइतीघरमण्डलाबाट नयाँ बानेश्वरतर्फ जाँदै गरेको तरुण दलको र्‍यालीलाई सुरक्षाकर्मीले बानेश्वरमा रोकेपछि दोहोरो झडप भएको हो।

तरुण दलभन्दा अघि डाक्टर केसीको समर्थनमा सडकमा उत्रिएकाे ‘सोलिडारिटी फर डा.केसी अलायन्स’ले सभा गरिरहेको बेला पुगेको तरुण दलको विरोध जुलुसमा एकाएक प्रहरी हस्तक्षेप भएपछि झडप भएको हो।

नागरिक समाजले मुख्य सडकमा सभा गरेपछि सडकको अर्को छेउबाट तरुण दलको जुलुस अघि बढ्दै गर्दा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले रोकेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन