केसीको समथर्नमा निस्केको तरूण दलको प्रदर्शनमा प्रहरीको लाठीचार्ज
अध्यक्ष बस्नेतको टाउको फुट्यो, ३० भन्दा बढी घाइते
काठमाडौं : डा.गोविन्द केसीको समर्थन र सरकारको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले राजधानीमा गरेको प्रर्दशनमा दोहोरो झडप हुँदा अध्यक्ष जीतजंग बस्नेतसहित ३० भन्दा बढी घाइते भएका छन्।
शनिबार राजधानीको माइतीघरमण्डलाबाट नयाँ बानेश्वरतर्फ जाँदै गरेको तरुण दलको र्यालीलाई सुरक्षाकर्मीले बानेश्वरमा रोकेपछि दोहोरो झडप भएको हो।
तरुण दलभन्दा अघि डाक्टर केसीको समर्थनमा सडकमा उत्रिएकाे ‘सोलिडारिटी फर डा.केसी अलायन्स’ले सभा गरिरहेको बेला पुगेको तरुण दलको विरोध जुलुसमा एकाएक प्रहरी हस्तक्षेप भएपछि झडप भएको हो।
नागरिक समाजले मुख्य सडकमा सभा गरेपछि सडकको अर्को छेउबाट तरुण दलको जुलुस अघि बढ्दै गर्दा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले रोकेको थियो।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?