डा.केसीको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन
काठमाडौं : आमरण अनशनमा बसेका डा.गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ। ‘सोलिडारिटी फर डा.केसी अलायन्स’को आयोजनामा भएको प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेताहरू, अधिकारवादी, चिकित्सक तथा विद्याथी सहभागी थिए।
प्रदर्शनमा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्वप्रधानन्याधीश कार्की, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, त्रिविका पूर्वउपकुलपति डाक्टर केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइरालालगायत सहभागी थिए।
प्रदर्शनमा सहभागीहरुले ‘हाम्रो स्वास्थ्य हाम्रो हातमा, हामी डा.केसीको साथमा’, ‘डा. केसीमाथिको धरपकड बन्द गर’ जस्ता नारा लगाएका छन्। माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण