Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा.केसीको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन

डा.केसीको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन

काठमाडौं : आमरण अनशनमा बसेका डा.गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ। ‘सोलिडारिटी फर डा.केसी अलायन्स’को आयोजनामा भएको प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेताहरू, अधिकारवादी, चिकित्सक तथा विद्याथी सहभागी थिए।

प्रदर्शनमा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्वप्रधानन्याधीश कार्की, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, त्रिविका पूर्वउपकुलपति डाक्टर केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइरालालगायत सहभागी थिए।

प्रदर्शनमा सहभागीहरुले ‘हाम्रो स्वास्थ्य हाम्रो हातमा, हामी डा.केसीको साथमा’, ‘डा. केसीमाथिको धरपकड बन्द गर’ जस्ता नारा लगाएका छन्। माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन