डा.केसीको माग तत्काल सम्बोधन गर्न देउवाको माग
काठमाडौं : कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार अपराह्न महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बुझेपछि देउवाले केसीको माग जायज रहेको भन्दै त्यसमा आफूहरूको साथ रहने अडान पनि दोहोर्याएका हुन्।
सभापति देउवाले सञ्चारकर्मीहरूमाझ तत्कालीन एमालेसहितको सहमतिमा आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जस्ताको तस्तै नआए मान्य नहुने चेतावनी दिए।
सभापति देउवाले जीवन रक्षाका लागि वरिष्ठ चिकित्सक केसीको समर्थनमा जुटन पनि सबैलाई पुनः आह्वान गरेका थिए। प्रमुख प्रतिपक्ष कांग्रेसले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न देउवा नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदबाट पारित गराउन माग गर्दै संसद र सडक दुवै संघर्षलाई निरन्तरता दिँदै आएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य