Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दाङमा रगत अभाव

दाङमा रगत अभाव

दाङ : जिल्लामा रगत अभाव देखिएको छ। रक्तसञ्चार केन्द्र घोराहीले पछिल्लो दुई महिना जिल्लामा ब्लड डोनेसनका कार्यक्रम नभएका कारण ब्लड बैंकमा रगत समस्या देखिएको बताएको छ।

‘ब्लड बैंकमा अहिले अत्यावश्यक बिरामीको लागि आवश्यक पर्ने विभिन्न ग्रुपकाे मात्र रगत  रहेको छ’, रक्तसञ्चार केन्द्र घोराहीका इन्चार्ज दिलीप न्यौपानेले भने, ‘त्यसैले अहिले हामीले सामान्य बिरामीलाई ब्लड दिन सकेका छैनाैँ।’

पछिल्लो समयमा जिल्लामा मासिक दुई सय बढी प्वाइन्ट जिल्लामा आवश्यक पर्ने गरेको छ । रक्त सञ्चार केन्द्रका अनुसार गत आर्थिक वर्ष जिल्लाका विभिन्न सरकारी तथा निजी अस्पतालमा गरी करीब दुई हजार ५०० प्वाइन्ट ब्लड खपत भएको छ । जसमध्ये करीब दुई हजार एक सय घोराही, दुई सय ५० प्वाइन्ट तुलसीपुर र अन्य ब्लड लमहीलगायतका निजी अस्पतालमा खपत भएको इन्चार्ज न्यौपानेले बताए।

जिल्लामा करीब ७० देखि ८० वटा विभिन्न संघ संस्था र करीब ४० जनाले वार्षिक रूपमा नियमित रक्तदान गर्ने  गरेका छन् । जिल्लामा एकै समयमा धेरै रगतआउने तर केही महिनादेखि ‘ब्लड डोनेशन’का कार्यक्रम नहुँदा ब्लड बैंकमा प्रत्येक वर्ष अभाव देखिने गरेको न्यौपानेले बताए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन