Health TV Online
Health TV Online

देश बाहिर उपचार गर्न जाने क्रम राेकाैँ : स्वास्थ्यमन्त्री यादव

देश बाहिर उपचार गर्न जाने क्रम राेकाैँ : स्वास्थ्यमन्त्री यादव

काठमाडाैं : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ। ललितपुरस्थित बी एण्ड बी अस्पतालमा आयोजित कार्यक्रममा  मन्त्री यादवले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा उपलब्ध गराउनुपर्ने व्यवस्था ल्याउने बताएका हुन्।

‘नागरिकले नेपालमै सबै उपचार सस्तो र गुणस्तरीय रूपमा पाउनुपर्छ’, उनले भने, ‘निजी अस्पतालले पनि गुणस्तरीय सेवा सस्तो शुल्कमा उपलब्ध गराउनुपर्छ। त्यसका लागि सरकार सहकार्य गर्न तयार छ।’

सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्य सेवालाई माथि उकास्न सकिने बताउँदै मन्त्री यादवले विपन्न नागरिक गुणस्तरीय सेवा पाउनबाट वञ्चित रहेकाले उनीहरूका लागि स्वास्थ्य सेवाको पहुँच पुर्याउनु दुवै क्षेत्रको दायित्व भएको बताए।

यादवले राज्यको ठूलो हिस्सा रकम उपचारात्मक क्षेत्रमै खर्च भएकाले अब रोग लाग्नै नदिनेतर्फ सचेत बनाउन कार्यक्रम ल्याउने बताए।

बी एण्ड बी अस्पतालले शुक्ररबारदेखि मुटु तथा नसा रोगीको उपचारमा प्रयोग हुने क्याथल्याब सेवा शुरु गरेको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार