माइतीघर र जुम्लामा सरकारले ज्यादती गर्याे : देउवा
काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंंको माइतीघर मण्डला र जुम्लामा सरकारले ज्यादती गरेको प्रतिक्रिया दिएका छन्।
बिहीबारका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगन भएपछि संसद् परिसरमा सञ्चारकर्मीलार्इ प्रतिक्रिया दिँदै सभापति देउवाले विमति राख्ने र विरोधमा प्रदर्शन गर्न पाउने लोकतन्त्रको अधिकार सरकारले कुण्ठित गर्न खोजेको बताए।
उनले यसअघिको सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याउनुपर्ने अडान राखे।
देउवाले डा. केसीले उठाएका सबै माग र उनको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताए।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?