Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

के भयाे दिनभर जुम्लामा?

के भयाे दिनभर जुम्लामा?

जुम्ला :  २० दिनसम्म आमरण अनशन बसेका डा. गोविन्द केसीले काठमाडौं ल्याउन रोकेको भन्दै प्रहरीले उनका समर्थकमाथि बिहीबार अत्यधिक बल प्रयोग गर्याे। प्रहरीले अस्पतालभित्रै पुगेर कुटपिट गरेको पीडितहरूले बताएका छन् ।

केसीलाई काठमाडौं लैजानका लागि सेनाको हेलिकोप्टर आएपछि स्थानीय विरोधमा उत्रिएका थिए। उनीहरूले केसीलाई काठमाडौं लैजान नपाइने र जुम्लामा नै वार्ता हुनुपर्ने भन्दै विरोध गरेका थिए। यसरी विरोध गर्नेमा स्थानीय नागरिक, विद्यार्थी र उनका समर्थक थिए।

केसीलाई मनाउन र अवस्था सामान्य बनाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कानुनमन्त्री नरेश भण्डारीलगायत व्यक्ति जुम्ला पुगेका थिए। तर, समर्थकहरुले सरकारी टोलीलाई डा. केसीलाई भेट्न समेत दिएनन्।

त्यसपछि अाक्राेशित भएकाे प्रहरी टाेलीले अन्धाधुन्ध लाठीचार्ज गर्न थाल्याे। त्यसपछि पनि विराेध नथामिएपछि प्रहरीले दर्जनाैँ राउण्ड अश्रुग्यास प्रहार गर्न थाल्याे। यसपछि पनि स्थिति नियन्त्रणमा नअाएकाे भन्रदै प्रहरीले गाेली चलाएकाे थियाे। गोली प्रहरी जवान कमल आचार्यको छातीमा लाग्याे।

गाेली लागेका अाचार्यकाे अवस्था गम्भीर रहेको कर्णाली स्वास्थ्य विज्ञान अस्पताल स्रोतले जानकारी दिएको छ। झडपका क्रममा प्रहरीले अस्पतालमा पसेर अन्धाधुन्द लाठी प्रहार गरेको थियाे। त्यसक्रममा केसी समर्थक विद्यार्थीसँगै डाक्टर र विरामी कुरुवा पनि घाइते भएका छन् । घाइते विद्यार्थीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको छ ।

‘ दर्जनाैँ राउण्ड अश्रुग्यास र अन्धाधुन्ध लाठीचार्ज गरेर सरकारले नरसंहार मच्चाउन खोजेकाे छ’, केसीका एक समर्थकले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि