चिकित्सक संघले बिहीबार देशभरका आकस्मिक बाहेकका सेवा बन्द गर्ने
काठमाडौं : आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले पहल नगरेको भन्दै नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ ।
संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने र दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला हुने निर्णय गरेको हो।
सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा। केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सिर्जना गर्न वार्तामा बसेको हुनसक्ने आशंका संघले व्यक्त छ। बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन र संवेदनशील हुन सहयोग पुग्ने संघले जनाएको छ।
सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्नसम्म पछि नहट्ने चेतावनी संघले दिएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?