Health TV Online
Health TV Online

चिकित्सक संघले बिहीबार देशभरका आकस्मिक बाहेकका सेवा बन्द गर्ने

चिकित्सक संघले बिहीबार देशभरका आकस्मिक बाहेकका सेवा बन्द गर्ने

काठमाडौं : आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले पहल नगरेको भन्दै नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ ।

संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने र दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला हुने निर्णय गरेको हो।

सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा। केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सिर्जना गर्न वार्तामा बसेको हुनसक्ने आशंका संघले व्यक्त छ। बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्‍याउन र संवेदनशील हुन सहयोग पुग्ने संघले जनाएको छ।

सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्नसम्म पछि नहट्ने चेतावनी संघले दिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन