डा. केसीले भने, कर्मचारीसँग मात्र वार्ता गरेर निष्कर्ष अाउँदैन
काठमाडौं : जुम्लामा अनशनरत चिकित्सक गोविन्द केसीले माग पूरा गर्ने म्याण्डेट नै नभएका कर्मचारीमात्र वार्ताका लागि पठाएर सरकारले झारा टार्ने काम मात्र गरिरहेको प्रतिक्रिया दिएका छन्।
बुधबार विज्ञप्ति जारी गरी डा.केसीले कत्यसैले वार्तालाई निष्कर्षमा पुर्याउन तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गरेका छन्।
‘हामीसँग प्रारम्भिक चरणको वार्ता गरेकोमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको तथा आवश्यक म्याण्डेट नै नदिर्इ कर्मचारीहरु मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम मात्रै भएको छ’, उनको विज्ञप्तिमा उल्लेख छ, ‘फलस्वरुप हाम्रा मागको अन्तर्वस्तुमा गएर सार्थक वार्ता शुरु हुन सकेको छैन।’
सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको तथा अाफूले उठाएका एजेण्डाहरुप्रति उदासीन रहेको देखिएको आरोप उनले लगाएका छन्। ‘यो अवस्थामा हाम्रा माग सम्बोधन गर्नका लागि सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य छैन’, उनले भनेका छन्।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण