चिकित्सा शिक्षा विधेयककाे विराेधमा कांग्रेसले संसदमा अवराेध गर्ने
संघदेखि प्रदेशसम्मका सदन चल्न नदिने निर्णय
काठमाडाैं : डा. गोविन्द केसीको मागप्रति एेक्यबद्धता जनाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले संघीयसँगै सातै प्रदेशको संसद अवरुद्ध गर्ने निर्णय गरेको छ। बुधबार बसेको शीर्ष नेताहरूको बैठकले सरकार संविधानविपरीत अघि बढेको भन्दै संघीय संसदसँगै सबै प्रदेशको संसद अवरुद्ध गर्ने निर्णय गरेको हो।
डा. गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै कांग्रेसले सडक तथा सदनबाट आन्दोलन चर्काउने निर्णय गरेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए। ‘डा.केसीको माग पूरा गर्न मन्त्रीस्तरकै वार्ता टोली गठन गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ नेता केसीले भने, ‘यसका लागि हामीले सरकारलाई दबाब दिने निर्णय गरेका छाैँ।’
यस्तै बिहीबार बस्ने संघीय संसदको बैठकमा सरकारले चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरेको छ। यसको विरुद्धमा कांग्रेसले बैठक अवरुद्ध गर्ने निर्णय गरेको पनि केसीले बताए।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?