Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सा शिक्षा विधेयककाे विराेधमा कांग्रेसले संसदमा अवराेध गर्ने

संघदेखि प्रदेशसम्मका सदन चल्न नदिने निर्णय

चिकित्सा शिक्षा विधेयककाे विराेधमा कांग्रेसले संसदमा अवराेध गर्ने

काठमाडाैं : डा. गोविन्द केसीको मागप्रति एेक्यबद्धता जनाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले संघीयसँगै सातै प्रदेशको संसद अवरुद्ध गर्ने निर्णय गरेको छ। बुधबार बसेको शीर्ष नेताहरूको बैठकले सरकार संविधानविपरीत अघि बढेको भन्दै संघीय संसदसँगै सबै प्रदेशको संसद अवरुद्ध गर्ने निर्णय गरेको हो।

डा. गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै कांग्रेसले सडक तथा सदनबाट आन्दोलन चर्काउने निर्णय गरेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए। ‘डा.केसीको माग पूरा गर्न मन्त्रीस्तरकै वार्ता टोली गठन गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ नेता केसीले भने, ‘यसका लागि हामीले सरकारलाई दबाब दिने निर्णय गरेका छाैँ।’

यस्तै बिहीबार बस्ने संघीय संसदको बैठकमा सरकारले चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरेको छ। यसको विरुद्धमा कांग्रेसले बैठक अवरुद्ध गर्ने निर्णय गरेको पनि केसीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन