Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वसन्तपुरमा आवासीय चिकित्सकहरूकाे प्रदर्शन

वसन्तपुरमा आवासीय चिकित्सकहरूकाे प्रदर्शन

काठमाडौं : डा. गोविन्द केसीको जीवनरक्षा गर्न माग गर्दै आवासीय चिकित्सक संघले काठमाडौंको वसन्तपुरमा प्रदर्शन गरेको छ। १८ दिनदेखि चिकित्सा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भन्दै संघले  बुधबार प्रदर्शन गरेकाे हाे।

आवासीय चिकित्सक संघका अध्यक्ष सुमित पाण्डेले माफियासँगको मिलेमतोमा सरकारले चिकित्सा क्षेत्रलाई सुधारको माग राख्दै आएका केसीको मागकाे पर्वाह नगरेको अाराेप लगाए। उनले सरकारको यस्तो रवैयाविरुद्ध अझ सशक्त अान्दाेलन गर्ने चेतावनी दिए।

सरकारले दुइै तिहाइको दम्भ राखी केसीका मागप्रति कुनै चासो नदिएको भन्दै आवासीय चिकित्सक संघले  विरोधमूलक कार्यक्रम गर्दै आएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि