डा.केसी र सरकारी टोलीबीचको वार्ता दाेस्राे दिन पनि निष्कर्षविहीन
काठमाडौं : डा गोविन्द केसी पक्ष र सरकारी वार्ताटोलीबीच भएको दोस्रो चरणको वार्ता पनि निष्कर्षविनै टुंगिएको छ। शिक्षा मन्त्रालयमा मंगलबार दिउँसाे तीन घण्टासम्म भएको वार्ताकाे मुख्य विषय चिकित्सा शिक्षा विधेयकमा सरकारी वार्ता टोली गम्भीर नबनेपछि विनानिष्कर्ष टुङ्गिएको हो।
‘हामीले पहिले संसदमा पेश भएको विधेयक फिर्ता गरी पहिलेको अध्यादेश हुबहु पास गर्नुपर्ने अडान राख्यौँ’, केसीका तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले भने, ‘उहाँहरूले पहिला केसीलाई काठमाडौं ल्याएर उपचार गर्ने र बाँकी छलफलमा गर्नुपर्ने भनेपछि वार्ता टुंगिएको हो।’
वार्तामा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन्। केसीका पक्षबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा. अभिषेकराज सिंह र प्रितम सुवेदी सहभागी छन्।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै