त्रिवि शिक्षण अस्पतालमा कलेजाे प्रत्याराेपण तयारी
काठमाडाैं : महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण तयारीको अन्तिम चरणमा पुगेको छ। अस्पतालको ३६ औंँ वार्षिकोत्सवका अवसरमा सोमबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कलेजो प्रत्यारोपण आर्इसीयूको उद्घाटन गरे।
अस्पतालका कार्यकारी निर्देशक डा. दीपकप्रकाश महराले कलेजो प्रत्यारोपणका लागि आर्इसीयूको भौतिक पूर्वाधार तयार पार्न धेरै समय नलाग्ने बताए। ‘प्रत्यारोपणका लागि अन्तिम तयारी भइरहेको छ’, उनले भने, ‘केही महिनाभित्रै कलेजो प्रत्यारोपण सुरु हुन्छ।’
कलेजो प्रत्यारोपणविद् डा.रमेश भण्डारीले कलेजो प्रत्यारोपण सेवा सुरु गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण