सरकारी वार्ता टाेली र डा.केसी पक्षबीचकाे वार्ता जारी
काठामाडाैं : सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीचको दोस्रो चरणको वार्ता शिक्षा मन्त्रालयमा जारी छ। सोमबार सरकारले वार्ता टोली गठन गरेपछि दोस्रो चरणको वार्ता केही बेरअघि शुरू भएकाे हाे।
वार्तामा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन्। डा. केसीका पक्षबाट वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र प्रितम सुवेदी सहभागी छन्।
साेमबार अबेरसम्म चलेको वार्तामा सरकारी पक्षले डा. केसीको स्वास्थ्यलाई ध्यान दिँदै तत्काल काठमाडौँ ल्याउने व्यवस्था मिलाउन केसी पक्षसँग आग्रह भए पनि केसी पक्षले भने पहिले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने अडान राखेकाले वार्ता सहमतमिा पुगेको थिएन।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै