Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भक्तपुरमा वितरित अधिकांश पानीमा ‘काेलिफर्म’

भक्तपुरमा वितरित अधिकांश पानीमा ‘काेलिफर्म’

भक्तपुर : जिल्लाका विभिन्न स्थानमा वितरण गरिएको खानेपानीमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय विभिन्न १८ वटा स्थानका पानी परीक्षण गर्दा १६ वटामा कोलिफर्म भेटिएको हो।

परीक्षण गरिएकामध्ये कटुञ्जे तीनधारा र चाँगुनारायण हेल्थपोष्टमा गरिएको परीक्षणमा मात्र कोलिफर्म नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सूर्यविनायक नगरपालिका–८ आशापुरीका दुई, नैचाल र सोचे, –९ काँक्रेबारी र काँक्रेबारी सरस्वती मावि–२ बालकोट हेल्थपोष्ट–१ सिरुटार हेल्थपोष्ट र जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जेमा गरिएको परीक्षणमा कोलिफार्म भेटिएको हो।

यस्तै भक्तपुर नगरपालिकाको व्यासी, मध्यपुर ठिमी नगरस्थित लोहकल्थली, सानोठिमी र बालकुमारीमा गरिएको परीक्षणमा कोलिफर्म भेटिएको छ। वर्षायामसँगै पानी दूषित हुने भएकाले युवा क्रियाकलाप समाज (सोया) लगायतको संस्थाको सहयोगमा जनस्वास्थ्य कार्यालयले सर्वसाधारणका घरघरमा वितरण गरिएको खानेपानीका नमूना परीक्षण गरिएको जनस्वास्थ्य अधिकृत कृष्णबहादुर चन्दले बताए।

वर्षायाम शुरु भएसँगै विभिन्न सरुवारोगको महामारी फैलिनसक्ने भएकाले खानेपानीको अवस्था बुझ्न कार्यालयले  परीक्षण गरेको अधिकृत चन्दले जानकारी दिए। उनले पानी प्रदूषित देखिएकाले उमालेर वा शुद्धीकरण गरेर मात्र प्रयोग आग्रह समेत गरे। उनले चारवटै नगरपालिकामा नगरस्तरीय विपद् प्रतिकार्य टोली गठन गरी अत्यावश्यक औषधी भण्डारण गरेकाे जनाए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि