डा. केसी र सरकार बिचको वार्ता निष्कर्ष बिना टुंगियो
काठमाडौं – जुम्लामा अनसनरत डा. गोविन्द केसीका मागका विषयमा सुरु भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । सरकारी वार्ता टोली र केसी पक्षबीच सोमबार राति भएको वार्ता निष्कर्ष बिना नै टुंगिएको हो । चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार जस्ताको तस्तै पारित गर्नुपर्ने कुरामा सरकारी वार्ता टोली सहमत हुन नसकेपछि वार्ता यत्तिकै टुंगिएको हो।
चौतर्फी विरोध पछि सरकारले वार्ता टोली गठन गरेलगत्तै शिक्षा मन्त्रालयमा वार्ता थालिएको थियो। वार्ता भोलि बस्ने गरी विना निष्कर्ष टुंगिएको छ। डा केसीका तर्फबाट वार्ता टोलीमा अधिवक्ता ओम अर्याल, डा अभिशेक राज सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र नेपाल चिकित्सक संघका प्रतिनिधी छन्।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?