डा. केसीसँग वार्ता गर्न समिति गठन
काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनशनरत डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ।
सिंहदरबारमा सोमबार दिउँसो बसेको बैठकले केसीसँग वार्ता गर्न शिक्षा सचिव खगराज बरालको नेतृत्वमा वार्ता समिति गठन गरेको हो। समितिमा गृहमन्त्रालयका सचिव प्रेमकुमार राई र स्वास्थ्य मन्त्रालयका एक सहसचिव रहने जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिए।
डा. केसी १७ दिनदेखि जुम्लामा अनशनरत छन्। उनको स्वास्थ्यस्थिति ज्यादै बिग्रिएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?