Health TV Online
Health TV Online

कर्णालीमा मंगलवारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प 

कर्णालीमा मंगलवारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प 

काठमाडौं : जुम्लामा अनशनरत डा.गोविन्द केसीको समर्थनमा कर्णाली प्रदेशका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन्। नेपाल चिकित्सक संघ कर्णाली शाखाले सोमवार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षाका लागि मंगलवारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने जनाएको हो।

१७ दिनदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दासमेत सरकारले वास्ता नगरेको भन्दै संघले बाध्य भएर कडा कदम चाल्न परेको विज्ञप्तिमा उल्लेख छ। केसीको अनशन विशुद्ध चिकित्सा क्षेत्रको सुधारका लागि भएकाले यसलाई राजनीतिसँग जोडेर नहेर्न समेत संघले आग्रह गरेको छ ।

चिकित्सकहरूले अनशनको १४औँ दिनदेखि हातमा कालोपट्टी बाँधी शान्तिपूर्ण आन्दोलनमा रहेर एक घण्टा ओपीडी सेवा बन्द गर्दै आएका छन्। अब पनि कदम नचाल्ने हो भने जे पनि हुनसक्छ भन्दै संघले कडा आन्दोलनको निर्णय लिएको संघका कर्णाली शाखाका अध्यक्ष डा. मंगल रावलले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन