कर्णालीमा मंगलवारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प
काठमाडौं : जुम्लामा अनशनरत डा.गोविन्द केसीको समर्थनमा कर्णाली प्रदेशका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन्। नेपाल चिकित्सक संघ कर्णाली शाखाले सोमवार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षाका लागि मंगलवारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने जनाएको हो।
१७ दिनदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दासमेत सरकारले वास्ता नगरेको भन्दै संघले बाध्य भएर कडा कदम चाल्न परेको विज्ञप्तिमा उल्लेख छ। केसीको अनशन विशुद्ध चिकित्सा क्षेत्रको सुधारका लागि भएकाले यसलाई राजनीतिसँग जोडेर नहेर्न समेत संघले आग्रह गरेको छ ।
चिकित्सकहरूले अनशनको १४औँ दिनदेखि हातमा कालोपट्टी बाँधी शान्तिपूर्ण आन्दोलनमा रहेर एक घण्टा ओपीडी सेवा बन्द गर्दै आएका छन्। अब पनि कदम नचाल्ने हो भने जे पनि हुनसक्छ भन्दै संघले कडा आन्दोलनको निर्णय लिएको संघका कर्णाली शाखाका अध्यक्ष डा. मंगल रावलले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण