विधेयक फिर्ता नगरेकाे भन्दै कांग्रेसद्वारा संसद बैठकमा अवराेध
काठमाडौं : डा. गोविन्द केसी र चिकित्सा शिक्षा विधेयकको विषय उठाउँदै प्रतिपक्ष कांग्रेसले साेमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। विगतको चिकित्साशास्त्र अध्यादेशलाई जस्ताको त्यस्तै प्रतिस्थापन विधेयकको रूपमा ल्याउनुपर्ने समयमा सरकारले फेरि पनि समस्या बल्झाउन खाेजेको भन्दै कांग्रेसले सदन अवरुद्ध पारेको हो।
माथेमा आयोग, गोविन्द केसीको आन्दोलन, अघिल्ला सरकारहरूसँग भएका सम्झौता लगायतका विषयलाई छल्दै सरकारले सार्वजनिक मञ्च तथा चौतारीहरूलाई संसदलाई खिल्ली उडाउने गरेर बोलिरहेको कांग्रेसकाे भनाइ छ। नेता मीनबहादुर विश्वकर्माले माथेमा आयोगलाई आधार मानेर विधेयक नल्याएसम्म संसद चल्न नदिने बताए।
सभामुख कृष्णबहादुर महराले कांग्रेसका सांसदहरूलाई यो विषयमा सरकारको पर्याप्त ध्यानाकर्षण गराइएकोले बस्न आग्रह गरे तर कांग्रेस सांसदहरूले मानेनन्। बैठक अवरुद्ध भयाे।









औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम