Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जुम्लाकाे तातोपानी पूर्ण खोप सुनिश्चित गाउँपालिका

जुम्लाकाे तातोपानी पूर्ण खोप सुनिश्चित गाउँपालिका

जुम्ला : तातोपानी जिल्लाकै तेस्रो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ। गाउँपालिकाभित्रका सम्पूर्ण घरधुरीमा गरिएको सर्वेक्षणमा सबै बालबालिकालाई पूर्ण खोप लगाएको पाइएपछि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले जानकारी दिए।

‘हामीले जन्मेदेखि पाँच वर्षसम्मका सबै बालबालिका पूर्ण खोपको पहुँचमा आएको निश्चित गरेपश्चात् मात्र पूर्णखोप गाउँपालिका घोषणा गरेका हौँ’, स्वास्थ्य संयोजक उपाध्यायले भने। उनका अनुसार गाउँपालिकमा भएका एक हजार १०० बालबालिकालाई पूर्ण खोप लगाइएको छ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले पूर्ण खोप गाउँपालिका घोषणा पहिलो एजेण्डा पूरा भएको बताए। अब गाउँपालिकालार्इ तत्काल पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको उनले बताए। जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख अंगदबहादुर शाहीले तीन गाउँपालिकासँगै अबको छ महिनाभित्र जुम्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको जानकारी दिए।

जुम्लाका हिमा र सिंजा गाउँपालिका यसअघि नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन