जुम्लाकाे तातोपानी पूर्ण खोप सुनिश्चित गाउँपालिका
जुम्ला : तातोपानी जिल्लाकै तेस्रो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ। गाउँपालिकाभित्रका सम्पूर्ण घरधुरीमा गरिएको सर्वेक्षणमा सबै बालबालिकालाई पूर्ण खोप लगाएको पाइएपछि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले जानकारी दिए।
‘हामीले जन्मेदेखि पाँच वर्षसम्मका सबै बालबालिका पूर्ण खोपको पहुँचमा आएको निश्चित गरेपश्चात् मात्र पूर्णखोप गाउँपालिका घोषणा गरेका हौँ’, स्वास्थ्य संयोजक उपाध्यायले भने। उनका अनुसार गाउँपालिकमा भएका एक हजार १०० बालबालिकालाई पूर्ण खोप लगाइएको छ।
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले पूर्ण खोप गाउँपालिका घोषणा पहिलो एजेण्डा पूरा भएको बताए। अब गाउँपालिकालार्इ तत्काल पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको उनले बताए। जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख अंगदबहादुर शाहीले तीन गाउँपालिकासँगै अबको छ महिनाभित्र जुम्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको जानकारी दिए।
जुम्लाका हिमा र सिंजा गाउँपालिका यसअघि नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भइसकेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?