Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जबरजस्ती विधेयक ल्याए प्रतिकार गर्छाैँ : नेता थापा

जबरजस्ती विधेयक ल्याए प्रतिकार गर्छाैँ : नेता थापा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले आफूहरुले संसदमा दर्ता गराएको विरोधको सूचनालाई बेवास्ता गरेर जबरजस्ती रूपमा सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको आरोप लगाएका छन्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ थापाले सो विधेयक संख्याका आडमा पारित गराउन खोजे प्रतिकारमा उत्रिने चेतावनी पनि दिए। ‘सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले संविधानको मर्म र देशको आवश्यक्तालाई सम्बोधन गर्दैन’, उनले भने।

नेता थापाले विधेयक पारित गराउने सरकारको रवैया ठीक नभएको भन्दै त्यसलाई स्वीकार गर्ने पक्षमा आफूहरु नरहेको पनि स्पष्ट पारे। उच्चस्तरीय आयोगमार्फत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्ने सरकारको भनाइमा विश्वास नलागेकाे उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि