जबरजस्ती विधेयक ल्याए प्रतिकार गर्छाैँ : नेता थापा
काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले आफूहरुले संसदमा दर्ता गराएको विरोधको सूचनालाई बेवास्ता गरेर जबरजस्ती रूपमा सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको आरोप लगाएका छन्।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ थापाले सो विधेयक संख्याका आडमा पारित गराउन खोजे प्रतिकारमा उत्रिने चेतावनी पनि दिए। ‘सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले संविधानको मर्म र देशको आवश्यक्तालाई सम्बोधन गर्दैन’, उनले भने।
नेता थापाले विधेयक पारित गराउने सरकारको रवैया ठीक नभएको भन्दै त्यसलाई स्वीकार गर्ने पक्षमा आफूहरु नरहेको पनि स्पष्ट पारे। उच्चस्तरीय आयोगमार्फत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्ने सरकारको भनाइमा विश्वास नलागेकाे उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण