चिकित्सा शिक्षा विधेयक कांग्रेसकै सहमतिमा अघि बढ्छ : मन्त्री पोखरेल
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रमुख प्रतिपक्षी दल कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता जनाएका छन्। संसदमा पेश गरिएको विधेयक फिर्ता लिन नसकिने भन्दै उनले त्यसमा खुला छलफल र बहस गर्न तयार रहेकाे बताए।
आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले विधेयक माथेमा कार्यदलले दिएको सुझावको मूल मर्मअनुसार आएको दाबी गरे। ‘तर माथेमा कार्यदलले दिएको सुझाव अपरिवर्तनीय दस्तावेज होइन’, उनले भने।
मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका समस्या समाधान गर्न विधेयकमै उच्चस्तरीय आयोगको व्यवस्था गरिएको भन्दै यसकाे गठन प्रक्रियालाई छिटो अघि बढाउन सहयोग गर्न कांग्रेसलाई आग्रह गरे। सरकारले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सक्दो पहल गरिरहेको दाबी पनि गरे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण