Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सा शिक्षा विधेयक कांग्रेसकै सहमतिमा अघि बढ्छ : मन्त्री पोखरेल

चिकित्सा शिक्षा विधेयक कांग्रेसकै सहमतिमा अघि बढ्छ : मन्त्री पोखरेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रमुख प्रतिपक्षी दल कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता जनाएका छन्। संसदमा पेश गरिएको विधेयक फिर्ता लिन नसकिने भन्दै उनले त्यसमा खुला छलफल र बहस गर्न तयार रहेकाे बताए।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले विधेयक माथेमा कार्यदलले दिएको सुझावको मूल मर्मअनुसार आएको दाबी गरे। ‘तर माथेमा कार्यदलले दिएको सुझाव अपरिवर्तनीय दस्तावेज होइन’, उनले भने।

मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका समस्या समाधान गर्न विधेयकमै उच्चस्तरीय आयोगको व्यवस्था गरिएको भन्दै यसकाे गठन प्रक्रियालाई छिटो अघि बढाउन सहयोग गर्न कांग्रेसलाई आग्रह गरे। सरकारले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सक्दो पहल गरिरहेको दाबी पनि गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन