Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट

डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट

रूपन्देही :  डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न सुरु गरिएको छ। रूपन्देहीको सैनामैना नगरपालिकाको मुर्गिया, कलौनी, सालझण्डीमा रहेको झाडी र सडक वरिवरिका बासस्थान खोजी गरी महिला स्वयंसेविकाले लार्भा नष्ट गरेका हुन्।

दुई दिनसम्म सञ्चालन भएको डेंगु रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अभिमुखिकरणपछि लार्भा नष्ट गरिएको हाे। लार्भा नष्ट गर्ने काममा सैनामैना नगरपालिकाका जनप्रतिनिधिसमेत सहभागी थिए।

जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक केदारनाथ शाहले डेंगु सार्ने लामखुट्टेको बासस्थान र लार्भा नष्ट पारेर यसबाट बच्ने उपायबारे जानकारी दिइएको बताए। उनका अनुसार रुपन्देहीमा ९३१ जना डेंगु रोगबाट प्रभावित भएका छन्।तीमध्ये ५५७ जना बुटवल उपमहानगरपालिकामा र ११ जना सैनामैना नगरपालिकामा भेटिएका छन्।

डेंगुका कारण याे वर्ष रूपन्देहीमा तीन जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्वाथ्य कार्यालयले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन