डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट
रूपन्देही : डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न सुरु गरिएको छ। रूपन्देहीको सैनामैना नगरपालिकाको मुर्गिया, कलौनी, सालझण्डीमा रहेको झाडी र सडक वरिवरिका बासस्थान खोजी गरी महिला स्वयंसेविकाले लार्भा नष्ट गरेका हुन्।
दुई दिनसम्म सञ्चालन भएको डेंगु रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अभिमुखिकरणपछि लार्भा नष्ट गरिएको हाे। लार्भा नष्ट गर्ने काममा सैनामैना नगरपालिकाका जनप्रतिनिधिसमेत सहभागी थिए।
जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक केदारनाथ शाहले डेंगु सार्ने लामखुट्टेको बासस्थान र लार्भा नष्ट पारेर यसबाट बच्ने उपायबारे जानकारी दिइएको बताए। उनका अनुसार रुपन्देहीमा ९३१ जना डेंगु रोगबाट प्रभावित भएका छन्।तीमध्ये ५५७ जना बुटवल उपमहानगरपालिकामा र ११ जना सैनामैना नगरपालिकामा भेटिएका छन्।
डेंगुका कारण याे वर्ष रूपन्देहीमा तीन जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्वाथ्य कार्यालयले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण