सानीभेरी कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह
रुकुम पश्चिम : सानीभेरी गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ। शनिबार जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले सानीभेरीलाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरेका हुन्।
दुई वर्षमुनिका बालबालिका सबैले नियमित रूपमा कुनै पनि खोप नछुटाएको पाइएपछि गाउँपालिकालार्इ पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएकोमा बधाइ दिँदै शर्माले यसलाई दिगो बनाइराख्नुपर्ने बताए।
नेपाललाई पूर्ण खोप सुनिश्चित देश बनाउने राष्ट्रिय लक्ष्यअनुसार सानीभेरीलाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक लोकेन्द्र डाँगीले जानकारी दिए। यहाँका ९५ प्रतिशत बालबालिकाले सबै खोप पूरा लिएको बताइएको छ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान