सानीभेरी कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह
रुकुम पश्चिम : सानीभेरी गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ। शनिबार जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले सानीभेरीलाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरेका हुन्।
दुई वर्षमुनिका बालबालिका सबैले नियमित रूपमा कुनै पनि खोप नछुटाएको पाइएपछि गाउँपालिकालार्इ पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएकोमा बधाइ दिँदै शर्माले यसलाई दिगो बनाइराख्नुपर्ने बताए।
नेपाललाई पूर्ण खोप सुनिश्चित देश बनाउने राष्ट्रिय लक्ष्यअनुसार सानीभेरीलाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक लोकेन्द्र डाँगीले जानकारी दिए। यहाँका ९५ प्रतिशत बालबालिकाले सबै खोप पूरा लिएको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण