अावासीय चिकित्सकले चलाए माइतीघर मण्डलामा अाेपीडी
काठमाडौं : आन्दोलनरत आवासीय चिकित्सकहरूले काठमाडौंको माइतीघर मण्डलामा ओपीडी (बहिरंग सेवा) सञ्चालन गरेका छन्। १४ दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले चासो नदेखाएको भन्दै उनीहररू हडतालमा उत्रिएका हुन्।
डाक्टर केसीको माग पूरा गराउन सरकारलाई दबाव दिने उद्देश्यले माइतीघरमा ओपीडी सेवा सञ्चालन गरेको आवासीय चिकित्सक संघले जनाएको छ।
माइतीघरमा जम्मा भएका ५० आवासीय चिकित्सकले डा. केसीको माग यथाशीघ्र पूरा गर्न माग गरे। ‘माग पूरा नभएसम्म हडताल जारी रहन्छ’, आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेले भने, ‘सरकार डा. केसीका मागप्रति उदासीन बन्दै गए सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिनेछौँ।’







किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण