Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सैनामैनामा सर्पदंश उपचार केन्द्र बन्दै

सैनामैनामा सर्पदंश उपचार केन्द्र बन्दै

रूपन्देही : सैनामैना नगरपालिका– १० स्थित बनकट्टीमा सर्पदंशसहित अन्य रोगको उपचार केन्द्र निर्माण भएको छ। उपचार केन्द्रको ९० प्रतिशत काम पूरा भएको व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद घिमिरेले बताए।

एक करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुन लागेको उपचार केन्द्रका लागि महायज्ञबाट ७४ लाख रुपैयाँ संकलन भएको थियो। यस्तै  सैनामैना नगरपालिकाबाट २० लाख, कञ्चन गाउपालिकबाट पाँच लाख र गैंडहवा गाउँपालिकाबाट दुई लाख ५० हजार रुपैयाँ प्रदान गरिएको थियो।

रूपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका क्षेत्रमा विषालु सर्पको डसाइबाट बर्सेनि धेरै जनाकाे ज्यान जाने गरेको छ। नगरप्रमुख चित्रबहादुर कार्कीले यो केन्द्रको निर्माण पछि उपचारका लागि बुटवल जानुपर्ने अवस्थाकाे अन्त्य हुने बताए। नेपाली सेनासँगको समन्वयमा उपचार केन्द्र स्थापना हुन लागेको र सेनासँगको सहकार्यबाट उपचार सेवालाई निरन्तर र दिगो बनाउने उनकाे भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन