सिमकोट पूर्ण खोपयुक्त गाउँपालिका घोषित
सिमकोट : हुम्लाको सिमकोट गाउँपालिकालाई जिल्लाकै दोस्रो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। आठवटै वडाका दुई सय ५९ मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिका ११ वटै रोगविरुद्ध खोपको पहुँचमा पुगेपछि सिमकाेटलार्इ पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुव सिंहले बताए।
पूर्ण खोपयुक्त देश घोषणा गर्ने सरकारकाे लक्ष्य अनुसार सिमकोटमा भएका सबै बालबालिकालाई गएको वर्षदेखि सघन खोप अभियान सञ्चालन गरिएकाे थियाे। जन्मिनेबित्तिकै क्षयरोग, बीसीजी, डीपीटी, हेपटाइटिस बी ६ हप्ता, १० हप्ता र १४ हप्तामा ३ पटक, पोलियो थोपा र नाै महिना पूरा भएपछि, दादुरा–रुबेला खोप पूरा गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा. रञ्जितकुमार यादवले बताए।
सिमकोट गाउँपालिका कुनै पनि बालबालिका अब खोपबाट वञ्चित हुनु नपर्ने यादवले बताए। यसअघि असार २५ गते खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएकाे थियाे।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?