त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक आन्दोलित
काठमाडौं : जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रिएका छन्।
१४ दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनीहरु हडतालमा उत्रिएका हुन्। १४ दिनसम्म सरकारले केसीका मागप्रति चासो नदेखाएपछि आफूहरु कडा आन्दोलनमा उत्रिएको एक चिकित्सकले बताए।
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षाका लागि कडा बाटो रोज्न परेको जनाएको छ । यसअघि देशभरका चिकित्सकहरु हातमा कालोपट्टी बाँधेर काम गरिरहेका थिए। विरोधको अन्य तरिकाको खासै सुनुवाइ नभएकाले कठोर कदम चालेको विज्ञप्तिमा उल्लेख छ । योसँगै बिरामीलाई पर्ने असुविधाको जिम्मेवारी सरकारले लिनुपर्ने एसोसिएसनले जनाएको छ।
बिहीबार मात्रै सरकारले प्राकृतिक प्रकोपको बहाना बनाउँदै स्वास्थ्य संस्थामा बन्द हडताल नगर्न र बिदासमेत नबस्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएको थियो।
उता डा. केसी माग पूरा नभएसम्म कुनै पनि हालतमा काठमाडौं नआउने अडानमा छन्।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?