हिमालयन बैंकका उपभोक्तालाई नेपाल मेडिसिटी अस्पतालमा छुट
काठमाडौंः नेपाल मेडिसिटी अस्पताल र हिमालयन बैंकबिच उपचारमा छुट दिने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार हिमालयन बैंकका कर्मचारी र उक्त बैंकका उपभोक्तालाई विशेष छुट प्रदान गरिने भएको छ ।
अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जंग बहादुर राणाले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको छ ।
राणाले अस्पतालले आफ्ना कर्मचारी र उपभोक्तालाई केही हद सम्म भए पनि उपचारमा सजिलो होस भन्ने उद्धेश्यले उक्त सम्झौता गरेको बताए । उनले सुविधा सम्पन्न अस्पताल सँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । स्वास्थ्य सेवाको विकासमा स्वास्थ्य बिमाको भूमिका महत्वपूर्ण रहेकाले आगामी दिनमा सो तर्फ समेत अघि बढ्न सकिने पनि जनाए ।
।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड